बागलुङ पहिरो अपडेट: ८ जनाको मृत्यु

बाग्लुङ | साउन २२, २०८१

बागलुङ पहिरो अपडेट: ८ जनाको मृत्यु

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बडिगाड गाउँपालिका १० र ९ मा गरेको छुट्टछुट्टै पहिरोमा पुरिएर ८ जनाको मृत्यु  सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 


बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ ।


मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिकको मृत्यु भएको छ ।


पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते भएका छन् । 


पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ ।


यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो ।


गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्